Saturday, October 29, 2016

जोडघटाउसम्बन्धी जानकारी

  • जोडघटाउ नामक यस ब्लगमा गणितसँग सम्बन्धित विविध विश्वसनीय सामग्रीहरु पोष्ट गरिनेछ । गणितका समस्याहरुका विषयमा जानकारी दिने, विविध समस्याको समाधानका तरिका वा उपायहरु दिने, प्रश्नहरु सोधिने आदि कार्य यसमा हुन्छ । गणितसँग सम्बन्धित कुनै नयाँ लेख पनि यस ब्लगमा प्रकाशित गरिनेछ । गणितसँग सम्बन्धित दर्शन, विश्लेषण, नयाँ जानकारी र गणितशिक्षाजस्ता विषयहरु यसमा रहनेछन् ।


  • गणितले कुनै परिमाणको मापन गर्दछ । लम्बाइ, क्षेत्रफल, आयतन, तौल आदिको मापन यसले गर्दछ । कुनै वस्तुको मात्रा गणनाबाट पत्ता लगाउन यसले सहयोग पुराउँछ । गणितको प्रथम प्रयोग नै गणनाबाट भएको भन्ने मान्यता पनि पाइन्छ । यसलाई संख्या र परिमाणको शास्त्र भनेर पनि व्याख्या गरिन्छ । 


  • गणितको सहाराबाट विभिन्न समूहको वर्गीकरण, विभिन्न विषयका स्वभावहरुको वर्गीकरण आदि पनि गणितका सहारामा गरिन्छ । यसले वर्गीकरण गर्ने र परस्परमा तुलना गर्ने कार्य पनि गर्दछ । तुलना गरेरै धेरैथोरै थाह पाइन्छ । कुनै वस्तु ठूलोसानो वा अग्लोहोचो वा मोटोमसिनो के छ ? भन्ने कुरा पनि यस विषयको सहाराबाट थाह हुन्छ ।


  • यस ब्लगमा माथि उल्लिखित विषय र तीसँग सम्बन्धित पक्षहरुका बारेमा लेखिनेछ । यीबाहेक अंकहरुको विश्लेषण, नयाँ अनुसन्धानका विषयहरु, गणितका पछिल्ला समयका विकास आदि विषयसमेत यस ब्लगमा राखिनेछ । जुनजुन विषयमा चासो वा सम्बन्ध रहे पनि गणितको मूल आधार जोडघटाउ भएकाले यस व्लगको नाम जोडघटाउ राखिएको हो ।

-डब्ल्यूडी

No comments:

Post a Comment